National life

आइएमई पे र खल्तीको मर्जरलाई राष्ट्र बैंकले दियो स्वीकृति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ असार २०८२, बिहिबार
415Shares
आइएमई पे र खल्तीको मर्जरलाई राष्ट्र बैंकले दियो स्वीकृति
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइएमई पे र खल्तीबीचको एकीकरण (मर्जर) प्रक्रिया अनुमोदन गरेको छ। दुवै संस्था नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हुन् । दुई ठूला डिजिटल वालेट एक भएर एकीकृत कारोवार हुन लागेको यो नै पहिलो पटक भएको दाबी आइएमई ग्रुपले गरेको छ ।

मर्जर पश्चात नयाँ कम्पनीको नाम आइएमई खल्ती लिमिटेड रहनेछ भने कम्पनीको दर्ता कार्यालय काठमाडौंको पानीपोखरीमा हुनेछ।

Royal Enfield
nic asia capital
मोबाइल एपको नाम भने खल्ती नै कायम राखिनेछ।

संयुक्त कारोबारपछि आइएमई पे र खल्तीका प्रयोगकर्ता व्यवस्थापनको प्रक्रिया आगामी तीन महिनासम्म चल्नेछ। सो अवधिमा दुवै एप यथावत रूपमा सञ्चालन हुनेछन् । प्रयोगकर्ताको मौज्दात रकम, रिवार्ड वा पोइन्टहरू एकीकृत गरिनेछन्।

दुवै वालेट प्रयोग गरिरहेका प्रयोगकर्ताहरू एकैपटक एपमा एकीकृत हुनेछन्। आइएमई पेका मात्र प्रयोगकर्तालाई उनीहरूको सहमतिमा खल्तीमा स्थानान्तरण गरिनेछ। नयाँ प्रयोगकर्ताहरूले खल्ती एप डाउनलोड गरी सेवा लिन सक्नेछन्।

आइएमई पेका सबै फिचरहरू खल्ती एपमा समावेश गरिनेछन् । आइएमई पे प्रयोगकर्ताले आफ्ना मौज्दात रकम र पोइन्टहरू सजिलै खल्ती एपमा सार्न सक्नेछन्।

कम्पनीले मर्जरपछिको एकीकृत प्लेटफर्ममार्फत ग्रामीण क्षेत्रसम्म डिजिटल भुक्तानी सेवाको पहुँच विस्तार हुने अपेक्षा गरेको छ। साथै, आगामी चरणहरूमा एपमार्फत रेमिटेन्स प्राप्ति, बैंक खाता खोल्ने, भिजा कार्ड प्रयोग र सम्भावित रूपमा ऋण तथा अन्य सेवा सुविधाहरू पनि उपलब्ध गराउने योजना सार्वजनिक गरिएको छ।

यस मर्जरबाट फिनटेक क्षेत्रमा केन्द्रिय बैंकको पहुँच बिस्तार गर्ने प्रयासमा सहयोग पुग्ने र डिजिटल कारोबारमा पारदर्शिता बढ्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

कम्पनीले केन्द्रीय बैंक, नियामक निकाय र प्रयोगकर्ताहरूको सहयोग निरन्तर प्राप्त हुने अपेक्षा राखेको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
415SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?