National life

आगामी आवको कार्ययोजनासहित विवरण पेस गर्न बीमा प्राधिकरणको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ असार २०८२, मङ्गलबार
564Shares
आगामी आवको कार्ययोजनासहित विवरण पेस गर्न बीमा प्राधिकरणको निर्देशन
ncell

काठमाडौं। नेपाल बिमा प्राधिकरणले जीवन बिमा कम्पनी र लघुजीवन बिमा कम्पनीलाई सबै विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

प्राधिकरणले आगामी आर्थिक वर्षका लागि आआफ्ना मातहतका कर्मचारी, विभाग, प्रादेशिकलगायत कार्यालय, व्यावसायिक लक्ष्य निर्धारण गर्दा प्रथम बिमा शुल्कका अतिरिक्त नवीकरण बिमा शुल्क तथा म्यादी जीवन बिमा शुल्कलाई अनिवार्य समावेश गर्न निर्देशन गरेको हो ।

प्राधिकरणले सबै जीवन बिमा कम्पनी र लघुजीवन बिमा कम्पनीलाई जारी गरेको परिपत्रमा आगामी आर्थिक वर्षका लागि आफ्ना मातहतका कर्मचारी, उपशाखा÷शाखा÷प्रादेशिक कार्यालय र विभागलाई व्यावसायिक लक्ष्य निर्धारण गर्दा प्रथम बिमा शुल्कका अतिरिक्त नवीकरण बिमा शुल्क तथा म्यादी जीवन बिमा शुल्कलाई अनिवार्य समावेश गर्ने गरी निर्धारण गर्न निर्देशन दिएको उल्लेख छ ।

बीमकले मातहतका कर्मचारी र विभाग तथा कार्यालयलाई व्यावसायिक लक्ष्य निर्धारण गर्दा सावधिक र एकल बिमा शुल्क भुक्तानी हुने बिमालेखलाई मात्र प्राथमिकता दिने गरेका गुनासाहरू आउने गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
564SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?