National life

आजदेखि नयाँ ब्याजदर लागु: १७ वाणिज्य बैंकको यथावत्, अन्य बैंकले कति दिँदै छन् ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ चैत २०८१, शुक्रबार
427Shares
आजदेखि नयाँ ब्याजदर लागु: १७ वाणिज्य बैंकको यथावत्, अन्य बैंकले कति दिँदै छन् ?
ncell

काठमाडौं। वाणिज्य बैंकहरूले आजदेखि लागुहुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। चैत १ गतेदेखि लागू हुनेगरी सार्वजनिक विवरण अनुसार अधिकांश बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १७ वाणिज्य बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ३ बैंकले घटाएका छन्। ब्याजदर घटाउने बैंकहरुमा हिमालयन, लक्ष्मी सनराइज र नेपाल बैंक रहेका छन् ।

Royal Enfield
nic asia capital

चैत महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर औसतमा ५.९३ प्रतिशत कायम भएको छ । फागुनमा यो प्रतिशत औसतमा ६.०१ थियो।

चैत्रमा एनआइसी एशिया बैंकमा पैसा राख्दा सबैभन्दा बढी ब्याज पाइने भएको छ। यस बैंकको ब्याजदर चैत्रका लागि ६.६ प्रतिशत कायम गरिएको छ। अन्य करिब एक दर्जन बैंकमा ६ प्रतिशत माथि ब्याज पाइने भएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
427SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?