काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजारमा हरियाली छाएको छ । आज बजार १४.३३ अंकले बढेरर १९८० को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३०८ कम्पनीको ६८ लाख १४ हजार ४१३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६५ करोड ५३ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा सुधार आउँदा १२ वटा उपसूचकमा हरियाली छाएको छ ।
बजारमा सुधार आउदा पोखरा फाइनान्सको सेयर मूल्य उच्च दरमा बढेको छ । कम्पनीको सेयर मूल्य ९.८४ प्रतिशतले बढेको छ । त्यसैगरी क्रमशः प्रोग्रेसिभ फाइनान्सको ७.६२ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सको ६.८० प्रतिशत, बेष्ट फाइनान्सको ६.७८ प्रतिशत, किसान लघुवित्तको ५.९३ प्रतिशतले सेयर मूल्य बढेको छ ।
विस्तृत रूपमा तालीमा हेर्नुहोस्



































