काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (असार २ गते) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यस्तै युरो र पाउन्डको मूल्य भने बढेको छ ।
आज १ अमेरिकी डलरको बिक्रीदर १३८ रुपैयाँ ४ पैसा कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५९ रुपैयाँ ४७ पैसा रहेको छ भने खरिददर १५८ रुपैयाँ ७८ पैसा रहेको छ । यसअघि आइतबार युरोको बिक्रीदर १५८ रुपैयाँ ७२ पैसा र खरिददर १५८ रुपैयाँ ३ पैसा थियो ।
बेलायती पाउन्ड १ को बिक्रीदर १८७ रुपैयाँ २६ पैसा खरिददर १८६ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसअघि सोमबार पाउन्ड १ को बिक्रीदर १८६ रुपैयाँ ७७ पैसा र खरिददर १८५ रुपैयाँ ९६ पैसा कायम भएको थियो । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ५८ पैसा र खरिददर ९ रुपैयाँ ५४ पैसा छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८९ रुपैयाँ १७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५६ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने १०१ रुपैयाँ १७ पैसा र बिक्रीमा १०१ रुपैयाँ ६२ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै खाडी मुलुकतर्फ कुवेती १ दिनारको खरिददर ४४९ रुपैयाँ १५ पैसा र बिक्री दर ४५१ रुपैयाँ ११ पैसा तोकिएको छ । बहराइन १ दिनारको खरिद दर ३६४ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६६ रुपैयाँ ६ पैसा रहेको छ। ओमानी १ रियालको खरिद दर ३५६ रुपैयाँ ९४ पैसा र बिक्री दर ३५८ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।































