National life

आज पनि घट्यो डलरको भाउ, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ जेठ २०८२, बिहिबार
497Shares
आज पनि घट्यो डलरको भाउ, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौँ । पछिल्लो ३ दिनयता अमेरिकी डलरको भाउ निरन्तर ओरालो लागिरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज (जेठ २९ गते बिहीबार) १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३७ रुपैयाँ १२ पैसा कायम भएको छ । खरिददर भने १३६ रुपैयाँ ५२ पैसा कायम भएको छ । यसअघि बुधबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३७ रुपैयाँ २७ पैसा र खरिददर १३६ रुपैयाँ ६७ पैसा कायम भएको थियो ।

Royal Enfield
nic asia capital

आज १ युरोको बिक्रीदर १५६ रुपैयाँ ७० पैसा रहेको छ भने खरिददर १५६ रुपैयाँ २ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८४ रुपैयाँ ९१ पैसा र खरिददर १८४ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ४४ पैसा र खरिददर ९ रुपैयाँ ४० पैसा छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८९ रुपैयाँ २० पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९९ रुपैयाँ ७५ पैसा र बिक्रीमा १०० रुपैयाँ १९ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुवेती दिनारको खरिद दर ४४५ रुपैयाँ ७४ पैसा र बिक्री दर ४४७ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ । यसैगरी, बहरिनी दिनार १ को खरिद दर ३६२ रुपैयाँ १ पैसा र बिक्री दर ३६३ रुपैयाँ ६० पैसा रहेको छ। ओमानी रियालको खरिद दर ३५४ रुपैयाँ ५८ पैसा र बिक्री दर ३५६ रुपैयाँ १४ पैसा रहेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
497SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?