National life

आज पहाडी र हिमाली जिल्लामा फागु पर्व मनाइँदै, बैंक वित्तीय संस्था र शेयर बजार बन्द हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ फागुन २०८१, बिहिबार
438Shares
आज पहाडी र हिमाली जिल्लामा फागु पर्व मनाइँदै, बैंक वित्तीय संस्था र शेयर बजार बन्द हुने
ncell

काठमाडौं । आज नेपालका पहाडी र हिमाली जिल्लामा (बिहीबार) होली अर्थात् फागु पर्व मनाइँदै छ।

फागुन शुक्ल पूर्णिमाको दिन मनाईने होली आज पहाडी र हिमाली जिल्ला तथा भोली ९शुक्रबार० तराईका जिल्लामा मनाइने छ। होली पर्वका अवसरमा सरकारले आज देशका पहाडी र हिमाली ५६ जिल्लामा सार्वजनिक बिदा दिएको छ। साथै आज बैंक वित्तीय संस्था र शेयर बजार सरकारी कार्यालय बन्द हुने भएको छ ।

Royal Enfield
nic asia capital

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने होली पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। होलीमा कसैको इच्छा विपरित जबर्जस्ती रंग नदल्न, लोला नहान्न गृहमन्त्रालयले आग्रह गरेको छ। होलीका नाममा उच्छृंखल गतिविधि गरे कारबाही गर्ने चेतावनी प्रहरीले दिएको छ।

त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ।

यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधता बीचको एकता कायम गर्न पर्वले मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
438SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?