काठमाडौं । सुनको भाउ आज स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँ कायम रहेको हो ।
बिहीबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।
चाँदीको भाउ भने आज प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ९ सय ३० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको भाउ प्रतितोला १ हजार ९ सय १५ रुपैयाँ रहेको थियो ।
































