National life

आरएसडिसी लघुवित्तको नाफामा सामान्य गिरावट, यस्ता छन् अन्य सूचक

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०४ वैशाख २०८३, शुक्रबार
1KShares
आरएसडिसी लघुवित्तको नाफामा सामान्य गिरावट, यस्ता छन् अन्य सूचक
ncell

काठमाडौँ। आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय नतिजामा हल्का गिरावट देखिएको छ। संस्थाले सार्वजनिक गरेको अपरिष्कृत विवरणअनुसार खुद ब्याज आम्दानीमा आएको कमीले नाफामा पनि असर परेको हो।

समीक्षा अवधिसम्म संस्थाले ६ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा कमाएको ६ करोड ९८ लाख रुपैयाँको तुलनामा ६.०८ प्रतिशतले घटेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

खुद ब्याज आम्दानीतर्फ संस्थाले १४ करोड ७६ लाख रुपैयाँ संकलन गरेको छ, जुन गत वर्षको १७ करोड ९ लाख रुपैयाँको तुलनामा १३.६५ प्रतिशतले कम हो। त्यसैगरी, खुद सञ्चालन आम्दानी पनि ६.४४ प्रतिशतले घट्दै १३ करोड १० लाख रुपैयाँमा सीमित भएको छ।

संस्थाको वितरणयोग्य नाफा ५ करोड ६७ लाख रुपैयाँ पुगेको छ भने लाभांश दिने क्षमता ७.२३ प्रतिशत रहेको छ। रिटेन्ड अर्निङ अघिल्लो वर्षको ८ करोड ३४ लाख रुपैयाँबाट घटेर ५ करोड ६७ लाख रुपैयाँमा झरेको देखिन्छ। यद्यपि, संस्थाको रिजर्भ भने १८ करोड ३१ लाख रुपैयाँबाट बढेर १९ करोड २१ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा संस्थाले २ करोड १६ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्याएको छ। यसका कारण खराब कर्जा अनुपात ३.१३ प्रतिशतबाट बढेर ३.४६ प्रतिशत पुगेको छ।

यस अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ८.४६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य ५७८.०६ रुपैयाँ, पीई अनुपात ८२.९३ गुणा, तरलता अनुपात २०.१७ प्रतिशत र प्रतिसेयर नेटवर्थ १२४.०७ रुपैयाँ कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?