काठमाडौँ। वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको ११ महिनाको (साउनदेखि जेठ मसान्त) को अवधिमा कूल ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
वैशाख मसान्तसम्म वाणिज्य बैंकहरू नाफा ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ थियो । एक महिनामै बैंकहरूको नाफा ६ अर्ब १७ करोड ८७ लाख रुपैयाँले बढेको छ।
११ महिनाको अवधिमा १७ वाणिज्य बैंकमध्ये नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ ।
त्यसैगरी, यस अवधिमा एभरेष्ट बैंकले ४ अर्ब २४ करोड रुपैंया, नेपाल बैंकले ३ अर्ब ७ करोड रुपैंया, एनएमबि बैंकले ३ अर्ब ३ करोड रुपैंया, प्राइम कमर्सियल बैंकले २ अर्ब ९० करोड रुपैंया, स्टान्डर्ड चार्टड बैंकले २ अर्ब ७२ करोड रुपैंया, लक्ष्मी सनराइज बैंकले २ अर्ब ५७ करोड रुपैंया, प्रभु बैंकले २अर्ब ३१ करोड रुपैंया नाफा आर्जन गरेका छन् ।
यता, सबैभन्दा कम नाफा आर्जन गर्नेमा कुमारी बैंक रहेको छ । बैंकले ३७ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । भने ११ महिनाको अवधिमा सिद्धार्थ बैंकले २ अर्ब २१ करोड रुपैंया, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब २० करोड रुपैंया, सानिमा बैंकले २ अर्ब १५ करोड रुपैंया, कृषि विकास बैंकले १ अर्ब ८१ करोड रुपैपा नाफा आर्जन गरेका छन् ।
चालु आवको ११ महिनाको अवधिमा बाकी रहेका नेपाल एसबिआई बैंकले १ अर्ब ५४ करोड रुपैंया, माछापुच्छ्रे बैंकले १ अर्ब ५० करोड रुपैंया, सिटिजन इन्टरनेशलन बैंकले १ अर्ब ४१ करोड रुपैंया, हिमालयन बैंकले ९० करोड ५३ लाख रुपैंया, एनआइसी एशिया बैंकले ८२ करोड ९७ लाख रुपैंया नाफा कमाएको तथ्यांकमा रहेको छ ।


































