काठमाडौँ। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले (आज) असार २५ गतदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले जम्मा १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर १ बराबर ०.४२ का दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।
हकप्रद सेयर निष्कासनबाट कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ संकलन गर्नेछ। हकप्रद सेयर निष्कासनका लागि कम्पनीले जेठ १६ गते १ दिन बुक क्लोज गरिसकेको छ।
यसर्थ जेठ १४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कायम शेयर धनीले मात्रै यो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति साउन १३ गते तोकिएको छ।
कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयर निष्कासन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख रुपैयाँ कायम हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ छ ।
हकप्रद सेयरमा आवेदन दिन पाउने स्थान





































