National life

कर्मचारी संचयकोषको ६२ औं वार्षिकोत्सव सम्पन्न,दुइटा नयाँ योजना सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३१ भदौ २०८०, आइतबार
493Shares
कर्मचारी संचयकोषको ६२ औं वार्षिकोत्सव सम्पन्न,दुइटा नयाँ योजना सार्वजनिक
ncell

काठमाडौं । कर्मचारी संचयकोषले आइतवार स्थापनाको ६२ औं वार्षिकोत्सव मनाएको छ। कोषले राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरी मनाइएको हो ।

कर्मचारी सञ्चय कोषको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा रामशरण महतले संचय कोषले लगानीको विविधिकरण गर्दै अगाडी बढेको भन्दै कोषले सराहनीय काम गरेको बताएका छन्। साथै उनले योगदानको आधारमा निजि क्षेत्रलाई पनि बिस्तारै ल्याउने बाटोमा सरकार अगाडी बढेको भन्दै कोष भविष्यमा एउटा महत्वपूर्ण क्षेत्र हुन जाने संकेत गरेका छन्।

Royal Enfield
nic asia capital

देशको विकाश,सुशासन र रुपान्तरणमा कोषको ठुलो योगदान रहेको मन्त्रि महतले बताएका छन्। कोषप्रति देश र कर्मचारीले ठूलो विश्वास गरेकाले कोषले यसको साख जोगाउनुपर्ने मन्त्री महतको भनाइ छ।

त्यसैगरि कार्यक्रममा १५ /२० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई मन्त्रि महतले कदरपत्र प्रधान गरेका थिए ।

आजभन्दा करिब ६२ वर्षअघि करिब ४० हजार सञ्चयकर्ताको करिब ३७ लाख सञ्चित कम जिम्मा लिएर कार्यारम्भ गरेको कोषले २०८० असार मसान्तसम्म हाल कर्मचारी सञ्चय कोषमा २७ हजार छ सय कार्यालयका पाँच लाख ८२ हजार योगदानकर्ता छन्। गत आर्थिक वर्ष २०७९र८० सम्ममा कोषको कुल पाँच खर्ब १२ अर्ब चार करोड रूपैयाँ बराबरको स्रोत रहेकामा पाँच खर्ब तीन अर्ब ७४ करोड रूपैयाँ बराबर लगानी भएको प्रशासक जितेन्द्र धितालले बताए।

कोषले १२ वटा जलविद्युत आयोजनामा करिब ६० अर्ब रूपैयाँ, १६ वटा बैंक तथा वित्तीय संस्थामा करिब १० अर्ब रूपैयाँ र पूर्वाधारका क्षेत्रमा बीसभन्दा बढी आयोजनामा करिब २७ अर्ब बराबर रूपैयाँ लगानी गरेको धितालले जानकारी दिए।

कोषलाई सरकारी तथा सार्वजनिक क्षेत्रको एकीकृत अवकाश कोषका रूपमा रूपान्तरण गरी सुरक्षा प्रदायक संस्थाको रूपमा काम गर्न आवश्यक रहेको पनि उनले बताए।

सरकारी र सार्वजनिक क्षेत्रका कर्मचारीको सामाजिक सुरक्षा व्यवस्थापनका लागि निर्मित दुई मुल कानुन कर्मचारी सञ्चयकोष ऐन, २०१९ र निवृत्तभरण कोष ऐन, २०७५ को कार्यान्वयन गर्न कोष सफल भएको छ।

२०३० सालमा सञ्चयकर्तालाई सम्पत्तिको धितोमा बढीमा ४० हजारसम्म सापटी प्रदान गर्न सुरु गरेको कोषले अहिले विभिन्न छ वटा शीर्षकमा सापटी सुविधा प्रदान गर्दै आएको कोषका प्रशासक जितेन्द्र धितालले बताए ।कोषले प्रतिफलका रुपमा विगत ६२ वर्षमध्ये आठ वर्ष ३.५ प्रतिशत, १६ वर्ष ४.५ देखि सात प्रतिशत, १३ वर्ष सातदेखि नौ प्रतिशत, १२ वर्ष १० प्रतिशत र १३ वर्ष ११ प्रतिशतका दरले व्याज प्रदान गरेको प्रशासक धितालको भनाइ छ।

समग्रमा कोषले ६२ वर्षमा प्रदान गरेको औषत वित्तीय प्रतिफलको दर करिब ८.५ प्रतिशत भन्दामाथि रहेको छ।६२ वर्षमा कोषले सम्बधित कानुन निर्माण तथा संशोधन, दायरा विस्तार, सेवा सुविधाता योजनाको प्रारुप निर्माण र विविधिकरण, सेवाप्रवाहको सञ्जाल निर्माण तथा विस्तारमा ध्यान दिँदै आएको छ।

सञ्चयकर्ताको बचत रकमको अधिकतम सुरक्षामा वृद्धि केन्द्रित गर्दै सेव प्रवाहमा अधुनिक प्रविधिको प्रयोग गर्दै आएको छ।

दुइटा नयाँ योजना सार्वजनिक

सामाजिक सुरक्षा सुविधातर्फ सञ्चयकर्ता स्वास्थ्योपचार योजना लागू गरिरहेको कोषले अब यस्तो सुविधा योगदानकर्ताका दम्पतीलाई उपलब्ध गराउनेछ। त्यस्तै, काठमाडौं उपत्यकामा मात्र केन्द्रित रहेको सञ्चयकर्ता सरल चक्र कर्जा सुविधा अब कोषका सबै कार्यालयबाट उपलब्ध हुनेछ।

कोषले हाल सञ्चयकर्तालाई साधारण रोगका लागि उपचार गराएको हकमा प्रत्येक आर्थिक वर्ष एक लाख रूपैयाँसम्मको र घातक रोगको हकमा सेवा अवधिभर अधिकतम १० लाख रूपैयाँसम्मको स्वास्थ्य उपचार सेवा उपलब्ध गराइरहेको थियो। अब यस्तो सुविधा दम्पतीका लागि पनि लागू हुने कोषले जनाएको छ।

त्यस्तै, सामाजिक सुरक्षाका सुविधातर्फ कोषले सुत्केरी तथा शिशु स्याहार सुविधाका रूपमा दुई सन्तानसम्मका लागि प्रति प्रसुति सात हजार पाँच सय रूपैयाँ, दुर्घटना क्षतिपूर्ति योजनाअन्तर्गत निज वा निजको हकवालालाई दुई लाख रूपैयाँ र काजकिरिया अनुदान योजनाअन्तर्गत हकवालालाई ४० हजार रूपैयाँसम्म सामाजिक सुरक्षा उपलब्ध गराउँदै आएको छ।

https://aarthikvoice.com/archives/9049

 

यो समाचार शेयर गर्नुहोस्
493SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?