काठमाडौँ । नेपाल कृषि प्रधान देश हो । नेपालका ६६.७ प्रतिशत जनसङ्ख्या प्रत्यक्षरुपमा कृषि पेशामा आबद्ध छन् । देशको कुल ग्राहस्थ्य उत्पादनको करिब ३३ प्रतिशत भाग कृषि क्षेत्रले ओगटेको छ तथापि नेपाले भने ठूलो परिमाणमा अन्य देशहरूबाट धान आयात गर्ने गरेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको अवधिमा नेपालले झण्डै १९ अर्ब रुपैयाँ बराबरको धान आयात गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार ४९ करोड ५१ लाख किलोभन्दा बढी धान विदेशबाट भित्रिएको छ, जसका लागि १८ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी खर्चिएको हो।
त्यस्तै, चालु आर्थिक वर्षको १० महिनामा नेपालको वैदेशिक व्यापार ७२.७१ प्रतिशतले वृद्धि भएको देखिन्छ। यो अवधिमा नेपालले १४ खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा आयात गरेको छ भने निर्यात २ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ। तर, आयात उच्च रहेकोले नेपालको व्यापार घाटा १२ खर्ब ५६ अर्ब रुपैयाँ नाघेको छ।
नेपालले निर्यातमा सबैभन्दा बढी योगदान सोयाबिनको तेल बाट गरेको छ। ३७ करोड ४० लाख किलो सोयाबिनको तेल निर्यात गर्दै ७८ अर्ब ७५ करोड रुपैयाँ आम्दानी गरिएको छ। त्यसपछि सूर्यमुखी र कुसुमको तेल निर्यात दोस्रो स्थानमा रहेको छ, जसको मूल्य १० अर्ब ९ करोड रुपैयाँ पुगेको छ।
यता आयाततर्फ, नेपालले सबैभन्दा बढी डिजेल आयात गरेको छ। ११ लाख ४७ हजार किलोमिटर डिजेलका लागि १ खर्ब २ अर्ब रुपैयाँभन्दा बढी खर्चिएको छ। त्यसपछि कच्चा सोयाबिन तेल ९८१ अर्ब०, पेट्रोल ९५३ अर्ब०, एलपी ग्याँस ९५१ अर्ब०, र फलामजन्य वस्तुहरू ९४१ अर्ब० का लागि ठूलो रकम विदेश गएको छ।


































