काठमाण्डौं । नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आह्वान गरेको छ। राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ६० करोड रुपैयाँ संस्थागत निक्षेपको रूपमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूमा राख्न प्रस्ताव आह्वान गरेको हो।
केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो। रकम लगानीको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूले (आज) असार २९ गतेसम्म आफ्नो संस्थाले संस्थागत निक्षेपको रूपमा राख्न चाहेको रकम र दिन चाहेको ब्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्नेछ ।
यसरी राखिने रकमको अवधि ३६६ दिन अर्थात् २०८२ साउन ४ गतेदेखि २०८३ साउन ४ गतेसम्म रहेको छ । लगानीको लागि छुट्टाइएको कुल रकममध्येमा वाणिज्य बैंकहरूको लागि ४८ करोड, विकास बैंकहरूको लागि ९ करोड र फाइनान्स कम्पनीहरूको लागि ३ करोड रुपैयाँ रहेको छ । रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको हुनुपर्नेछ।
कले आज आइतबार साँझ ७ बजेसम्म आवेदन दिन आग्रह गरेको छ । मुद्दती निक्षेपमा २०८२ साउन ४ गतेदेखि २०८३ साउन ४ गतेसम्म ३६६ दिनका लाग राखिने समेत राष्ट्र बैंकले जानकारी दिएको छ। यीबाहेक तोकिएको न्यूनतम कुल पुँजी कोष (बफरसहित) कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको ८ प्रतिशतभन्दा कम भएको, खुद निष्क्रिय कर्जा ३ प्रतिशत ननाघेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरू तोकिएका छन् ।


































