National life

कोनिका मिनोल्टा ब्रान्डका नयाँ प्रिन्टर सार्वजनिक, यस्ता छन् बिशेषता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ माघ २०८१, बुधबार
582Shares
कोनिका मिनोल्टा ब्रान्डका नयाँ प्रिन्टर सार्वजनिक, यस्ता छन् बिशेषता
ncell

काठमाण्डौ । कोनिका मिनोल्टाको नयाँ प्रिन्टर सार्वजनिक भएको छ । सागर ग्रुपले ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल: मिट एण्ड ग्रिट, एक्स्पोबाट उक्त ब्रान्डका ३ वटा मोडलका प्रिन्टर सार्वजनिक गरेको हो ।

कोनिका मिनोल्टा बीएच–सी२२६ आई कलर फोटोकपी र मेसिन, कोनिका मिनोल्टा बीएच–३०६ आई/डब्लू फोटोकपीर मेसिन र कोनिका मिनोल्टा बीएच–२२५बी/डब्लू फोटोकपीर मेसिन मोडलका प्रिन्टर बजारमा आएका हुन् । उत्कृष्ट पर्फर्मेन्स भएका यी प्रिन्टर मूल्यका हिसाबले पनि औसत रहेको सागर ग्रुपले जानकारी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नयाँ मोडलहरू सार्वजनिक भएसँगै उक्त एक्स्पोमा आएर कोनिका मिनोल्टा प्रिन्टर खरिद गर्दा २० प्रतिशतसम्म छुट दिने घोषणा पनि सागर ग्रुपले गरेको छ । उक्त एक्स्पो बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा माघको २३ गते अर्थात् आजदेखि २९ गतेसम्म आयोजना हुँदैछ ।

यी प्रिन्टरहरु निकै सहज सागर ग्रुपको दाबी छ । ड्युरेविलिटी, कम लागतमा उत्कृष्ट प्रदर्शन, उच्च टोनर क्षमता, इको–फ्रेन्डली डिजाइन कोनिका ब्रान्डका खास विशेषता हुन् ।

कोनिका मिनोल्टा प्रिन्टरले गुणस्तरमा सम्झौता नगरी द्रुत आउटपुट सुनिश्चित गर्छ । यी प्रिन्टमा कनेक्टिभिटी विकल्पहरू जस्तै यूएसबी, वाइफाइ, ब्लुटूथ र नेटवर्क कनेक्शनमा उपलब्ध छन् । नयाँ डिजाइनका साथ आएका कोनिका मिनोल्टा प्रिन्टरले उपयोगकर्ता अनुभवलाई उत्कृष्ट बनाउने बताइएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
582SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?