National life

खुल्यो हिमालयन बैंकको एफपीओ, कहिलेसम्म भर्न पाइने ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३२ असार २०८२, बुधबार
377Shares
खुल्यो हिमालयन बैंकको एफपीओ, कहिलेसम्म भर्न पाइने ?
ncell

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आज (असार ३२ गते) देखि एफपीओ (फलो अन पब्लिक अफरिङ) बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो ।

बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ जारी गरेको छ । बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ७०ः३० कायम गर्न एफपीओ जारी गर्न लागेको हो ।

Royal Enfield
nic asia capital

यसमा बिक्री प्रबन्धकको काम सिटिजन्स क्यापिटल लिमिटेडले गरेको छ । उक्त एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

एफपीओ निष्काशन छिटोमा साउन ४ गते हुनेछ । सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि असार १४ गतेसम्म लम्बिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
377SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?