National life

गोकर्ण बचत सहकारीमा साढे २ करोड बचत अपचलन भएको ठहर, जिल्ला अदालतमा मुद्दा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ कात्तिक २०८१, बिहिबार
567Shares
गोकर्ण बचत सहकारीमा साढे २ करोड बचत अपचलन भएको ठहर, जिल्ला अदालतमा मुद्दा
ncell

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा रहेको गोकर्ण बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको साढे २ करोड बढी रकम अपचलन गरेको छ ।

यस अगाडि सोही आरोपमा प्रहरी वृत्त बौद्धले सोही सहकारीका अध्यक्ष रोशनबाबु श्रेष्ठलाई पक्राउ गरेको थियो । ३७ वर्षीय श्रेष्ठमाथि अनुसन्धान गर्दा ८९ जना बचतकर्ताको २ करोड ५६ लाख ५ हजार ८ सय ४६ रुपैयाँ ठगी गरेको खुल्न आएको छ।

साढे २ करोड बढी रकम बिगो माग दाबी गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। प्रहरी वृत्त बौद्धले बुझाएको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधवार अदालतमा ठगी मुद्दा दायर गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सहकारी अध्यक्ष श्रेष्ठसहित सात जनाविरुद्ध मुद्दा दायर भएको छ । जसमा श्रेष्ठका साथै सहकारीका उपाध्यक्ष ४७ वर्षीया रेनुका श्रेष्ठ, सचिव ३५ वर्षीय महेश्वरी अधिकारी, कोषाध्यक्ष ४१ वर्षीय हिमाल काफ्ले, सदस्य ३३ वर्षीय जीतबहादुर थापा, सदस्य ३८ वर्षीय पूर्णकुमार श्रेष्ठ र अर्का सदस्य ४६ वर्षीय राजु नेपाली विरुद्ध मुद्दा दायर भएको हो । मुद्दा दायर भएकामध्ये अध्यक्ष श्रेष्ठ मात्रै पक्राउ परेको र बाँकी ६ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।

पक्राउ परेका अध्यक्षले भने लकडाउनका कारण सहकारीमा समस्या आउँदा रकम फिर्ता गर्न नसकिएको बयान दिएका छन् । ‘लकडाउनका बेला आर्थिक गतिविधिमा समस्या देखिन थाल्यो । बचतकर्ताहरूले रकम फिर्ता लैजान थाले । ऋणीहरूले समेत नियमित किस्ता बुझाउन छाडे । त्यसपछि संस्था झनै समस्यामा पर्‍यो । जसका कारण रकम फिर्ता गर्न सकिएन,’ अध्यक्ष श्रेष्ठले बयानमा भनेका छन् ।

उनीहरू विरुद्ध मुुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को उपदफा १ र २ को कसुर गरेको भन्दै मुद्दा दायर गरिएको छ । जसअनुसार उनीहरूलाई दफा २४९ कै उपदफा ९३० को (ग) बमोजिम सजाय समेत माग दाबी गरिएको छ । सहायक जिल्ला न्यायाधिवक्ता प्रकाश ज्ञवालीले बिहीबार दायर गरेको मुद्दा आजदेखि तिहारको सार्वजनिक बिदा भएकाले तिहारपछि मात्रै सुनुवाइ हुने भएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?