काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदर र नीतिगत दर घटाएको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीति मार्फत यस्तो जनाइएको हो।
राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ६.५ प्रतिशतबाट झारेर ६ प्रतिशतमा र नीतिगत दर ४.५ प्रतिशत कायम गरिएको छ ।
त्यस्तै, निक्षेप संकलन दर २.७५ कायम भएको छ । बैंकदरमा स्थायी तरलता सुविधा प्रदान हुने व्यवस्थालाई निरन्तरता दिँदै स्थायी तरलता उपलब्ध हुने सर्तहरूलाई लचिलो बनाइने भएको छ।

































