काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुन तोलामा एक लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको मूल्य भने प्रतितोला १ हजार ९७० रुपैयाँ रहेको छ ।






































