National life

चैते बाढीले भत्कियो निर्माणाधीन पक्की पुल, दुई करोड बराबरको क्षति भएको अनुमान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ चैत २०८१, बिहिबार
711Shares
चैते बाढीले भत्कियो निर्माणाधीन पक्की पुल, दुई करोड बराबरको क्षति भएको अनुमान
ncell

काठमाण्डौं । बिहानैदेखि परेको वर्षापछि आएको बाढीले उदयपुरको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुल भत्किएको छ। सिद्धिचरण राजमार्ग अन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुल भड्किएको हो।

‘प्रिस्टेड’ प्रविधिद्वारा निर्माणाधीन पुल बाढीका कारण भाँच्चिएको छ। इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईँका अनुसार पुल भाँचिँदा रु दुई करोड बराबरको क्षति भएको अनुमान गरिएको छ।

Royal Enfield
nic asia capital

‘रु दुई करोड बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ, इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईँले जानकारी दिएका छन् । पुल ढलान गरिएको १८ दिन मात्र भएको थियो।

पचास मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमुनि लगाइएको ह्युमपाइपमा थुनिएर जम्मा भएको पानीले फर्मा र टेका बगाउँदा पुल भाँचिएको प्रहरीको भनाइ छ। सूर्य एन्ड सन प्रालि धरानले उक्त पुल ठेक्कामा लिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
711SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?