National life

चैत्र महिनाका लागि बैंकहरुद्वारा नयाँ ब्याजदर घोषणा, कुन बैंकको कति ? (सूचीसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ फागुन २०८१, बिहिबार
831Shares
चैत्र महिनाका लागि बैंकहरुद्वारा नयाँ ब्याजदर घोषणा, कुन बैंकको कति ? (सूचीसहित)
ncell

काठमाडौँ । चैत महिनाका लागि करिब एक दर्जन बैंकले ब्याजदर समायोजन गरेका छन् । बैंकहरुले आज प्रकाशित गरेको नयाँ महिनाको ब्याजदर तालिका अनुसार अधिकांश वाणिज्य बैंकहरूले चैत महिनामा मुद्दती निक्षेपको ब्याजदर फागुन महिनाकै दरमा निरन्तरता दिएका छन्। तर, तीन बैंकले ब्याजदर केही प्रतिशत घटाएका छन्।

लक्ष्मी सनराइज बैंक, नेपाल बैंक, र हिमालयन बैंकले ब्याजदर घटाएपछि चैत महिनाको औसत ब्याजदर ०.०८ प्रतिशतले कमी भई ५.९३ प्रतिशत कायम भएको छ।

Royal Enfield
nic asia capital
फागुनमा औसत ब्याजदर ६.०१ प्रतिशत थियो।

त्यस्तै, व्यक्तिगत मुद्दती खाताका लागि भने ८ बैंकको ब्याजदर समायोजन भएको छ । त्यसमध्ये ५ वटा बैंकले ब्याजदर बढाएका छन् भने ३ वटा बैंकको ब्याजदर घटेको छ ।

https://aarthikvoice.com/archives/58027

ब्याजदर बढाएका बैंकमध्ये माथि उल्लेखित कुमारी बैंकले ०.१० प्रतिशत विन्दु, एनएमबि बैंक, एनआईशी एशिया बैंक, हिमालयन बैंक र नबिल बैंकले समान ०.२५ प्रतिशत विन्दुले ब्याजदर बढाएका छन् । त्यस्तै, माछापुच्छ्रे बैंकले ०.५०, सानिमा बैंकले ०.३० र नेपाल बैंकले ०.२० प्रतिशत विन्दुले ब्याजदर घटाएका छन्।

यता, संस्थागत मुद्दती निक्षेपतर्फ सात बैंकको ब्याजदर परिवर्तन भएको छ । त्यसमध्ये चार बैंकले ब्याजदर बढाएका छन् भने तीन बैंकले घटाएका छन्। राष्ट्रिय वाणिज्य बैंक, एनएमबि बैंक र एनआईशी एशिया बैंकले ०.२५ र कुमारी बैंकले ०.२६ प्रतिशत विन्दुले ब्याजदर बढाएका छन् । त्यस्तै, हिमालयन बैंकले ०.२५, लक्ष्मी सनराइज बैंकको ०.५० र सिटिजन्स बैंकले ०.६५ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।

चैत्रका लागि कुन बैंकको ब्याजदर कति ?

कृषि विकास बैंक

कृषि विकास बैंकले बचत खातामा ३.०० प्रतिशत, एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.०० प्रतिशत र एक वर्षे संस्थागत मुद्दती खातामा ३.०० प्रतिशत ब्याजदर तोकेको छ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले बचत खातामा ३.०० प्रतिशत, एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.२५ प्रतिशत र एक वर्षे संस्थागत मुद्दती खातामा ३.०० प्रतिशत ब्याजदर तोकेको छ । यो महिना संस्थागत मुद्दती निक्षेपको ब्याजदर ०.६५ प्रतिशत विन्दुले घटेको छ ।

एभरेस्ट बैंक

एभरेष्ट बैंकले बचत खातामा ३.०५ प्रतिशत, एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ४.२५ प्रतिशत र एक वर्षे संस्थागत मुद्दती खातामा ३.२५ प्रतिशत ब्याजदर तोकेको छ।

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले सबै ब्याज अघिल्लो महिनाकै कायम गरेको छ। बैंकले बचत खातामा ३.०० प्रतिशत, एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.०० प्रतिशत र एक वर्षे संस्थागत मुद्दती खातामा ३.५ प्रतिशत ब्याजदर तोकेको छ।

हिमालयन बैंक

हिमालयन बैंकले बचत खातामा ३.०४ प्रतिशत, एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.०० प्रतिशत र एक वर्षे संस्थागत मुद्दती खातामा ३.२५ प्रतिशत ब्याजदर तोकेको छ । बचत खाताको ब्याजदर अघिल्लो महिनाकै कायम भएको छ । भने बाँकी ब्याजदर अघिल्लो महिनाको तुलनामा क्रमशः ०.२५ प्रतिशत विन्दु बढी र ०.२५ प्रतिशत विन्दुले कम हो ।

कुमारी बैंक

कुमारी बैंकले बचत खातामा ३.०१ प्रतिशत, एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.४१ प्रतिशत र एक वर्षे संस्थागत मुद्दती खातामा ३.५१ प्रतिशत ब्याजदर तोकेको छ।बचत खाताको ब्याजदर भने अघिल्लो महिनाकै कायम हो । बाँकी ब्याजदर अघिल्लो महिनाको तुलनामा क्रमशः ०.१० र ०.२६ प्रतिशत विन्दु बढी हो।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले बचत खातामा ३.०० प्रतिशत, एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.०० प्रतिशत र एक वर्षे संस्थागत मुद्दती खातामा ३.५० प्रतिशत ब्याजदर तोकेको छ। बैंकले अन्य खातामा ब्याजदर समान राख्दा संस्थागत मुद्दतीमा ०.५ प्रतिशतले घटाएको देखिन्छ।

माछापुच्छ्रे बैंक

लक्ष्मी सनराइज बैंकले बचत खातामा ३.०० प्रतिशत, एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.०० प्रतिशत र एक वर्षे संस्थागत मुद्दती खातामा ३.५० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दतीमा ०.५ प्रतिशतले घटाएको छ ।

नबिल बैंक

लक्ष्मी सनराइज बैंकले बचत खातामा ३.०० प्रतिशत, एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.२५ प्रतिशत र एक वर्षे संस्थागत मुद्दती खातामा ३.०० प्रतिशत ब्याजदर तोकेको छ। बैंकले व्यक्तिगत मुद्दतीमा ०.२५ प्रतिशतले बढाएको छ भने अन्यमा अघिल्लो महिनाकै कायम भएको छ ।

नेपाल बैंक

नेपाल बैंकले बचत खातामा ३.०० प्रतिशत, एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ४.०० प्रतिशत र एक वर्षे संस्थागत मुद्दती खातामा ३.०० प्रतिशत ब्याजदर तोकेको छ। बैंकले व्यक्तिगत मुद्दतीमा ०.२० प्रतिशत विन्दुले घटाएको छ भने अन्य खातामा ब्याजदर समान कायम भएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले बचत खातामा ३।०० प्रतिशत, एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५।०० प्रतिशत र एक वर्षे संस्थागत मुद्दती खातामा ३।१५ प्रतिशत ब्याजदर तोकेको छ । यी सबै ब्याज अघिल्लो महिनाकै बराबर हुन् ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले बचत खातामा ३.०२ प्रतिशत, एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ४.५१ प्रतिशत र एक वर्षे संस्थागत मुद्दती खातामा ३.५१ प्रतिशत ब्याजदर तोकेको छ ।

एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकले बचत खातामा ३.१० प्रतिशत, एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.५० प्रतिशत र एक वर्षे संस्थागत मुद्दती खातामा ३.५० प्रतिशत ब्याजदर तोकेको छ।

एनएमबि बैंक

एनएमबि बैंकले बचत खातामा ३.०० प्रतिशत, एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ४.२५ प्रतिशत र एक वर्षे संस्थागत मुद्दती खातामा ३.२५ प्रतिशत ब्याजदर तोकेको छ। यसमध्ये बचत खाताको ब्याजदर अघिल्लो महिना बराबर हो भने बाँकी ब्याजदर अघिल्लो महिनाको तुलनामा समान ०.२५ प्रतिशत विन्दु बढी हुन्।

प्रभु बैंक

प्रभु बैंकले बचत खातामा ३.०० प्रतिशत, एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.१० प्रतिशत र एक वर्षे संस्थागत मुद्दती खातामा ३.१० प्रतिशत ब्याजदर तोकेको छ। यी सबै ब्याज अघिल्लो महिनाकै बराबर हो ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले बचत खातामा ३.०० प्रतिशत, एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ६.०० प्रतिशत र एक वर्षे संस्थागत मुद्दती खातामा ४.०० प्रतिशत ब्याजदर तोकेको छ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले बचत खातामा ३.०० प्रतिशत, एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ४.०० प्रतिशत र एक वर्षे संस्थागत मुद्दती खातामा ३.२५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले संस्थागत मुद्दतीमा ०.२५ प्रतिशत विन्दुले बढाएको छ। अन्यमा ब्याजदर समान छ ।

सानिमा बैंक

सानिमा बैंकले बचत खातामा ३.०४ प्रतिशत, एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.०० प्रतिशत र एक वर्षे संस्थागत मुद्दती खातामा ४.३० प्रतिशत ब्याजदर तोकेको छ। बैंकले संस्थागत मुद्दतीमा ०.३० प्रतिशत विन्दुले घटाएको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले बचत खातामा ३.०४ प्रतिशत, एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.५० प्रतिशत र एक वर्षे संस्थागत मुद्दती खातामा ३.५० प्रतिशत ब्याजदर तोकेको छ। बैंकले बचत खाताको ब्याजदर ०.०१ प्रतिशत विन्दुले घटाएको छ भने मुद्दती खाताको ब्याजदर समान राखेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक

सिद्धार्थ बैंकले बचत खातामा ३.०० प्रतिशत, एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ४.२५ प्रतिशत र एक वर्षे संस्थागत मुद्दती खातामा ३.२५ प्रतिशत ब्याजदर तोकेको छ ।

यो समाचार शेयर गर्नुहोस्
831SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?