National life

छुट्ला है ! एलआईसी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ असार २०८२, आइतबार
577Shares
छुट्ला है ! एलआईसी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
ncell

काठमाडौँ। लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) को लाभांश सुरक्षित गर्ने आज असार १५ गते अन्तिम मौका रहेको छ।

कम्पनीले भोलि असार १६ गते एक दिन वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ  बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले शेयर धनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो प्रस्ताव पारितका लागि कम्पनीले असार ३० गते सोमबार साधारण सभा बोलाएको छ।

उक्त सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः४५ बजेदेखि बस्ने भएको छ । सभाले गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित अन्य वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

त्यस्तै बोनस शेयर वितरणपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम गर्न वा नियमनकारी निकायबाट निर्देशन भए बमोजिम प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिनेछ। भने सोही सभाले सर्वसाधारण शेयरधनीतर्फ (समूह ख) बाट १ जना सञ्चालक निर्वाचन गर्ने र संस्थापक शेयरधनीको तर्फबाट नियुक्त सञ्चालकको अनुमोदन गर्ने समेत एजेण्डा रहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
577SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?