National life

जीवन बीमा कम्पनीहरूले संकलन गरे १ खर्ब ५५ अर्ब बीमा शुल्क, कुन शीर्षकमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ असार २०८२, मङ्गलबार
570Shares
जीवन बीमा कम्पनीहरूले संकलन गरे १ खर्ब ५५ अर्ब बीमा शुल्क, कुन शीर्षकमा कति ?
ncell

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१-८२ को जेठ मसान्तसम्ममा जीवन बिमा कम्पनीहरूले डेढ खर्ब भन्दा बढी बिमा शुल्क आर्जन गरेका छन् । हाल नेपालमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनी र ३ लघु जीवन बीमा कम्पनीले ११ महिनाको अवधिमा कुल १ खर्ब ५५ अर्ब १५ करोड ७५ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छन् ।

नेपाल बीमा प्राधिकरणमा अनुसार यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी ४१ अर्ब २ करोड ४४ लाख,  दोस्रोमा रहेको नेशनल लाइफले १८ अर्ब ९० करोड ४६ लाख र तेस्रोमा एलआइसी नेपालले १७ अर्ब २४ करोड १६ लाख रुपियाँ बीमाशुल्क संकलन गरेका छन्।

जीवन बिमा कम्पनीले ज्येष्ठ मसान्तसम्म वैदेशिक रोजगार बाहेकको प्रथम बिमा शुल्क ३१ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ संकलन गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तै, वैदेशिक रोजगार बिमा शुल्क २ अर्ब ७५ करोड २० लाख तथा नवीकरणबापत १ खर्ब १९ अर्ब ९६ करोड ७ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, ३ वटा लघु जीवन बिमा कम्पनीहरूले सोही अवधिमा ६३ करोड ६० लाख रुपैयाँ प्रथम बिमा शुल्क, ४४ करोड ५ लाख वैदेशिक रोजगार बिमा शुल्क तथा नवीकरणबापत २ करोड १६ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन्। लघु जीवन बिमकले ११ महिनामा कुल १ अर्ब ९ करोड ८२ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन्।

११ महिनाको अवधिमा हिमालयन लाइफले १५ अर्ब २२ करोड , सूर्य ज्योति लाइफले ९ अर्ब ४५ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब, एशियन लाइफले ७ अर्ब ८६ करोड, सिटिजन लाइफले ६ अर्ब ३२ करोड,  सानिमा रिलायन्स लाइफले ५ अर्ब ९० करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै बाकी रहेका मेट लाइफले ५ अर्ब ५४ करोड, आइएमई लाइफले ४ अर्ब ७२ करोड, रिलायबल नेपाल लाइफले ४ अर्ब ५५ करोड, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ५४ करोड र सन नेपाल लाइफले ३ अर्ब ७३ करोड रुपियाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणले उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
570SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?