काठमाडौँ। जीवन लघुबीमा कम्पनीहरुले ११ महिनाको अवधिमा १ अर्ब रुपैयाँ भन्दा बढी बीमा शुल्क आर्जन गरेका छन्। चालु आर्थिक वर्ष २०८१।०८२ को ११ महिनामा कम्पनीहरुले उक्त रकम बराबर बीमा शुल्क आर्जन गरेका छन् ।
बीमा प्राधिकरणका अनुसार अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तससम्ममा हाल लघुबीमाहरुले १ अर्ब ९ करोड ८२ लाख रुपैयाँको ब्यवसाय गरेका हुन्।
यस अवधिमा गार्डियन माइक्रो लाइफले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ४१ करोड ३६ लाख रुपैयाँको ब्यवसाय गरेको हो।
त्यस्तै, जेठ मसान्तसम्ममा क्रेष्ट माइक्रो लाइफले ३९ करोड ९४ लाख र लिबर्टी माइक्रो लाइफले २८ करोड ५० लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । कम्पनीहरुले जेठ महिनामा मात्रै ११ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।







































