National life

‘‘टर्म इन्स्योरेन्स र नयाँ नयाँ जोखिम बहन गर्नेखालका बीमामा जानुपर्छ’’

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ जेठ २०८२, बिहिबार
1.2kShares
‘‘टर्म इन्स्योरेन्स र नयाँ नयाँ जोखिम बहन गर्नेखालका बीमामा जानुपर्छ’’
ncell

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा ऐन र प्राधिकरणबाट जारी भएका नीति निर्देशनहरू कार्यान्वयनमा व्यवस्थापनलाई जिम्मेवार बनाउनका लागि सशक्त भूमिका निर्वाह गर्न बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई निर्देशन दिनुभएको छ ।

https://www.youtube.com/watch?v=4M8ONagXbRw&t=51s

नेपाल बीमा प्राधिकरणको आयोजनामा जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा आज काठमाडौंमा भएको छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओझाले बीमा व्यवसायको विस्तारका लागि आम जनतालाई लक्षित गरी नयाँ नयाँ बीमालेख ल्याउन निर्देशन दिनुभयो ।

अध्यक्ष ओझाले भन्नुभयो, ‘‘बाध्यकारी बीमाको दायराबाट बाहिर ननिस्किएसम्म बीमा बजार विस्तार हुन सक्दैन, बचतमा आधारित बीमामा केन्द्रित नभई टर्म इन्स्योरेन्स र नयाँ नयाँ जोखिम बहन गर्नेखालका बीमामा जानुपर्छ, नयाँ विकास गरिएका बीमालेखलाई शीघ्राति शीघ्र स्वीकृति दिन प्राधिकरण तयार छ ।’’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बीमा कम्पनीको लगानी विविधीकरणका लागि थप क्षेत्र खोल्न प्राधिकरण तयार रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष ओझाले भन्नुभयो, ‘‘बीमा कम्पनीले गर्ने लगानी जनताको पैसा हो, लगानी गर्दा जिम्मेवारीपूर्वक गर्नुपर्छ, लगानी सुरक्षित र दिगो लाभमा आधारित हुनुपर्छ, लगानी उपयुक्त छ छैन भनेर संचालक समितिले हेर्नुपर्छ, बीमकका लगानी शाखालाई थप जिम्मेवार बनाउनुपर्छ ।’’

कानून बमोजिम बीमा व्यवसायको विकास एवम् विस्तारका लागि सहजीकरण गर्न र गुनासो नआउने गरी सेवा प्रवाह गर्न प्राधिकरण प्रतिवद्ध रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष ओझाले अस्वस्थ प्रतिस्पर्धा नगर्न, साना साना विषयमा पनि हस्तक्षेप गर्नुपर्ने अवस्था आउन नदिन, तोकिएकै समयमा वित्तीय विवरण बुझाउन र बीमा बजारलाई विधि बमोजिम संचालन गर्न बीमकका संचालक समितिका पदाधिकारीहरूको ध्यानाकर्षण गराउनुभयो ।

https://www.youtube.com/watch?v=92RJJJxCae8

अध्यक्ष ओझाले लागत नबढ्ने र सहज हुने गरी बीमा क्षेत्रमा नेपाल वित्तीय प्रतिवेदन मान–१७ (एनएफआरएस) लागू गर्न आवश्यक सहजीकरण गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा व्यवसायको प्रवद्र्धन र बीमितको हित रक्षाका लागि प्राधिकरणले नियामकीय भूमिका सँगसँगै सहजकर्ताको समेत भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक हृदयश्वर पण्डितले बीमकमा संस्थागत सुशासन कायम गर्न संचालक समितिको भूमिका र उपनिर्देशक विरोध वाग्लेले बीमकको वित्तीय विवरण, वित्तीय अवस्था र लगानी विविधीकरणका सम्बन्धमा संचालक समितिको भूमिका सम्बन्धी छुट्टा छट्टै प्रस्तुती गर्नुभएको थियो ।

https://www.youtube.com/watch?v=TUFVI5kOZ2I&t=207s

कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पूर्ण बहादुर थापाले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरू र जीवन बीमा कम्पनी तथा लघु जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?