National life

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रयासरत छ : स्वास्थ्यमन्त्री प्रदीप पौडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ असार २०८२, शुक्रबार
548Shares
डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रयासरत छ : स्वास्थ्यमन्त्री प्रदीप पौडेल
ncell

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसंघीय क्षेत्रीय मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपालको डिजिटल स्वास्थ्यका क्षेत्रमा भइरहेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराएका छन् ।

थाइल्याण्डको बैंककमा सम्पन्न सम्मेलनमा नेपालका तर्फबाट मन्त्री पौडेलले नागरिकको स्वास्थ्य तथ्यांक छरिएर रहेकामा एकीकृत गर्नका लागि नेपालले नीतिगत रूपमा निर्णय गरेर सुधार प्रयास थालिसकेको प्रतिबद्धता जनाएका छन् ।

उनले भने, “नागरिक परिचयपत्रमा जनसङ्ख्यासम्बन्धी जानकारी आबद्ध गराउन थालिएको र स्वास्थ्यलाई समेत जोडेर एकीकृत तथ्यांक लिन नेपालले काम गरिरहेको छ ।” मन्त्री पौडेलले एकीकृत तथ्यांक अभावमा नीति निर्माणमा देखिएको समस्या अब व्यवस्थित हुने अपेक्षा गरिएको उल्लेख गर्दै डिजिटल स्वास्थ्य सुधारमा अन्तर मन्त्रालय स्तरीय सहकार्य अझ व्यापक पार्ने बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सम्मेलनका क्रममा राष्ट्रसंघका लागि एसिया प्रशान्त क्षेत्रकी कार्यकारी सचिव अर्मिदा सलिसा अलिसजाभानासँगको वार्ताका क्रममा मन्त्री पौडेलले डिजिटल प्रणाली रूपान्तरणमा प्राविधिक कठिनाइ समेत हुने भएकाले संस्थाबाट सहकार्य अपेक्षा गरिएको बताए।

सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव ढुण्डीराज निरौलाले नेपालका तर्फबाट भइरहेका प्रयासमा एसिया प्रशान्त क्षेत्रबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले थप काम गर्ने हौसला मिलेको बताए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
548SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?