National life

डिजीटल वालेटमा रकम जम्मा गर्ने सीमा संख्या तीनगुणाले वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ असोज २०८१, मङ्गलबार
546Shares
डिजीटल वालेटमा रकम जम्मा गर्ने सीमा संख्या तीनगुणाले वृद्धि
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंतिहार र छठ पर्वको अवधिमा डिजीटल वालेटमा रकम जम्मा गर्ने सीमा संख्यालाई तीनगुणाले बढाइदिएको छ । केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले सोमबार भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमति पत्र प्राप्त संस्थाहरुलाई एक सर्कुलर जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

भुक्तानी सेवा प्रदायकहरुले सञ्चालन गरेका डिजीटल वालेटमा रकम जम्मा गर्ने दैनिक सीमालाई १० बाट बढाएर ३० पुर्याइएको हो ।

प्राकृतिक व्यक्तिको वालेटमा एकदिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने साबिकको व्यवस्था रहेकोमा असोज २१ गतेदेखि कात्तिक १ गतेसम्म, तथा कात्तिक १५ गतेदेखि कात्तिक २२ गतेसम्मका लागि एकदिनमा ३० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

डिजीटल भुक्तानीको दैनिक सीमा बढाइएको अवधिको कारोबार संख्या र कारोबारको कुल रकम भुक्तानी प्रणाली विभागलाई सेवा प्रदायकहरुले जानकारी गराउन समेत निर्देशन दिइएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
546SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?