काठमाडौँ। तिहार बिदा पछिको पहिलो कारोबारका दिन नेपाली बजारमा आज सुनको मूल्यमा दोहोरा अंकको गिरावट आएको छ । प्रतितोला ३ सय रुपैयाँले बढेर बन्द भएको सुनको मूल्य तिहार पछिको पहिलो कारोबारका दिन भने घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ६० रुपैयाँले घट्दै प्रतितोला २ हजार ३० रुपैयाँ पुगेको छ ।



































