काठमाडौँ। चालु आवको तेस्रो त्रैमाससम्म फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको ।
अघिल्लो आवको सोही अवधिको तुलनामा यो नाफा ६८.९६ प्रतिशतले कमी हो । संस्थाले अघिल्लो वर्षको सोही अवधिमा ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। संस्थाको खुद ब्याज आम्दानी भने ०.३९ प्रतिशतले बढेको छ। संस्थाले ८८ करोड १७ लाख रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ ।
त्यस्तै, संस्थाको खुद शुल्क तथा कमिसन आम्दानी १४ करोड १५ लाखबाट घटेर १२ करोड ६६ लाखमा सीमित बनेको छ । अघिल्लो आवमा ३३ करोड ७७ लाख रहेको संस्थाको रिटेन्ड अर्निङ घटेर १२ करोड ४० लाखमा सीमित बनेको छ ।
तेस्रो त्रैमाससम्ममा ९ अर्ब ७१ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेको संस्थाले २० अर्ब ८२ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ भने संस्थाको रिजर्भको आकार १ अर्ब ४४ करोडबाट बढेर १ अर्ब ७१ करोड पुगेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ४.०३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २५३.६२ रुपैयाँ संस्थाको वितरणयोग्य मुनाफा ३३ करोड ८७ लाख रुपैयाँबाट घटेर १२ करोड ४० लाख रुपैयाँमा खुम्चिएको छ ।
संस्थाको खराब कर्जा अनुपात ८.२६ प्रतिशतबाट घटेर ५.८५ प्रतिशतमा सीमित बनेको छ । प्रति सेयर कुल सम्पत्तिको मूल्य १ हजार ८७३.६३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २८७.५८ गुणा रहेको छ ।



































