काठमाडौँ । अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले ५.५ बेस्ट प्राइस बेस्ट डिल योजनाको घोषणा गरेको छ । योजनाअन्तर्गत दराजबाट किनमेल गर्दा ग्राहकहरूले ७५ प्रतिशत सम्मको छुट, निःशुल्क होम डेलिभरी तथा १ करोड रुपैयाँसम्मको भौचर प्राप्त गर्न सक्नेछन् । यो विशेष योजना वैशाख २२ देखि २६ गते (मे ५ देखि ९, २०२५) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।
अभियान अवधि भर ग्राहकहरूले सिताफिल, ब्राण्डहाउस, ह्रोटो लगायत प्रतिष्ठित ब्रान्डका विभिन्न उत्पादनहरूमा दैनिक फ्ल्याश सेल मार्फत् सबैभन्दा कम मूल्यमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् । यी सीमित अवधिका अफरहरू हरेक दिन अपडेट हुने भएकाले मौकाको फाइदा उठाउन पनि दराज नेपालले अनुरोध गरेको छ ।
बेस्ट प्राइस ट्याग सहितका उत्पादनहरू खोजेर अझ बढी बचत गर्न सकिने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ । यदि कुनै ग्राहकले सोही उत्पादनलाई नेपालकै अन्य कुनै अनलाइन प्लेटफर्ममा निर्धारित गरिएभन्दा सस्तो मूल्यमा फेला पार्नुहुन्छ भने सम्बन्धित शर्तहरू पूरा भएमा दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता दिने जनाएको छ ।
यस योजना अवधिमा ग्राहकवर्गले निःशुल्क डेलिभरी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो सुविधा प्राप्त गर्न ग्राहकले चुनिएका बिक्रेताहरूबाट उपलब्ध गरिएका न्यूनतम ४९९ रुपैयाँ मूल्य बराबरका उत्पादन खरिद गर्नुपर्ने छ । यसका लागि दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी फ्रि डेलिभरी पेजबाट भौचर संकलन गर्न सकिने कम्पनीले जनाएको छ ।
यस योजनामार्फत् दराज नेपालले केवल छुट र बचत मात्र नभई आफ्ना उपभोक्तालाई उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ । स्वास्थ्य तथा सौन्दर्य, फेशन, अडियो तथा वेरेबल्स, फर्निचर, घर सजावट लगायत थुप्रै उत्पादन श्रेणीहरूमा आकर्षक अफरहरू योजना अवधिभर उपलब्ध गराइने दराज नेपालले जनाएको छ ।
सन् २०१५ मा स्थापित दराज दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा सेवा प्रदान गरिरहेको छ । ई–कमर्स, ढुवानी, भुक्तानी र वित्तीय सेवाहरू समेट्ने एकीकृत पूर्वाधार निर्माण गर्दै कम्पनीले ५० करोड जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक बजार प्रविधिको माध्यमबाट व्यक्तिगत र समृद्ध किनमेल अनुभव प्रदान गर्ने लक्ष्य बोकेको छ ।






































