National life

दाँत कोट्याउने सिन्का आयातमा खर्चियो ३ करोड ४५ लाख रुपैयाँ, कुन देशमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ जेठ २०८२, आइतबार
799Shares
दाँत कोट्याउने सिन्का आयातमा खर्चियो ३ करोड ४५ लाख रुपैयाँ, कुन देशमा कति ?
ncell

काठमाडौँ। चालु आर्थिक वर्षको १० महिनाको अवधिमा नेपालले ९८ हजार ४७ केजी दाँत कोट्याउने सिन्का आयात गरेको छ । उक्त परिमाणमा सिन्का आयात गर्दा ३ करोड ४५ लाख ८१ हजार रुपैयाँ खर्चिएको छ ।

भन्सार विभागका अनुसार यस अवधिमा सबैभन्दा बढी चिन बाट ९७ हजार ८८६ केजी दाँतमझुरा (सिन्का) १ करोड ९३ लाख २६ हजार रुपैयाँमा आयात भएको छ । साथै, भारतबाट १६० केजी दाँतमझुरा १ लाख ५३ हजार रुपैयाँमा आयात भएको छ भने अमेरिकाबाट १ हजार रुपैयाँ बराबरको दाँतमझुरा आयात हुँदा जमर्नीबाट २६ हजार रुपैयाँको सिन्का आयात गरिएको छ ।

Royal Enfield
nic asia capital

साथै, विभागको तथ्यांक अनुसार गत आव २०८०/८१ मा ८४ हजार ३१५ केजी दाँतमझुरा २ करोड ७० लाख ९३ हजारमा आयात भएको विभागले उल्लेख गरेको थियो। उक्त आवमा पनि सबैभन्दा बढी चिन बाट २ करोड ६९ लाख ७४ हजार रुपैयाँको ८३ हजार ९३९ केजी दाँतमझुरा आयात भएको थियो। यस्तै भारतबाट २५६ केजी दाँतमझुरा १ लाख १५ हजार रुपेयाँमा आयात भएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ३५ हजार ३९५ केजी दाँतमझुरा १ करोड १३ लाख ३७ हजार रुपैयाँको आयात भएको थियो । उक्त आवमा सबैभन्दा बढी चिन बाट ३५ हजार २०१ केजी दाँतमझुरा १ करोड १३ लाख ७ हजार रुपैयाँमा आयात भएको थियो । भने  थाइल्याण्डबाट ७ हजार रुपैयाँको दाँतमझुरा आयात भएको थियो।

नेपालमा दाँतमझुराको उत्पादन हुने भएपनि पर्याप्त मात्रामा नहुँदा विदेशबाट आयात हुने गरेको छ । नेपालमा केही मात्रामा साना उद्योहरुले मात्र स्थानीय बाँसको प्रयोग गरेर दाँतमझुरा बनाउने गर्छन् । नेपालको व्यापार घाटा प्रत्येक वर्ष बढ्दै जाँदा यी र यस्तै सामान्य वस्तु तथा सेवाको आयातमा मात्रै करोडौँ रकम खर्च हुने गरेको तथ्यांमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
799SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?