काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाको मुद्दा आज हेर्न नभ्याइनेमा परेको छ।
ओझा सरकारले गरेको निलम्बनका विरुद्धमा सर्वोच्च अदालत पुगेका थिए।
रिट सर्वोच्च अदाचलतका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा परेको थियो । उक्त रिट आज पनि हेर्न नभ्याइनेमा परेको हो ओझामाथि फर्जीं र झुठो कागजात तयार पारी मन्त्रिपरिषदमा पेश गरेर बीमा प्राधिकरणमा नियुक्ति लिएको आरोप लाग्दै आएको छ।
https://aarthikvoice.com/archives/62231
सो सम्बन्धमा सर्वोच्च अदालतमै समेत अर्को मुद्दा विचाराधीन अवस्थामा छ। ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय र छानबिन समितिविरुद्ध संयुक्त रिट दायर गरेका छन् ।

































