National life

नेपाल एसबीआई बैंकको ऋणपत्र आजबाट खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० असार २०८२, सोमबार
445Shares
नेपाल एसबीआई बैंकको ऋणपत्र आजबाट खुला
ncell

काठमाडौँ । नेपाल एसबीआई बैंकले आज असार ३० गतेदेखि ऋणपत्र खुला गरेको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो । बैंकले प्रति इकाई १ हजार रुपैयाँको दरमा ३३० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

Royal Enfield
nic asia capital

बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला गर्नेछ । बैंकले १० वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर रहेको “७ प्रतिशत एसबीआई ऋणपत्र २०९०” नामको ऋणपत्र निष्कासन गरेको हो । यसमा एनआइएमबी एस क्यापिटलले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम गरेको छ ।

यस ऋणपत्रमा साउन १ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने साउन १२ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
445SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?