National life
cg eloctronics

नेपाल एसबीआई बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाइ ऋणपत्र बिक्री गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ असार २०८२, आइतबार
535Shares
नेपाल एसबीआई बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाइ ऋणपत्र बिक्री गर्ने
muktinatha bikash bank

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले असार ३० गतेदेखि  'नेपाल एसबीआई बैंक ऋणपत्र–२०९०' नामक ऋणपत्र निष्काशन गर्न लागेको छ।

बैंकले कुल ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाइ ऋणपत्र बिक्रीमा ल्याउने भएको छ , जसको अंकित दर १ हजार रुपैयाँ रहेको छ। यस ऋणपत्रमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिने भएको छ भने १२ लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्काशनमार्फत उपलब्ध हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सर्वसाधारण लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतम १२ लाख इकाइसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिन चाहने लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय वा सीडीएससीको मेरो सेयर प्रणाली प्रयोग गर्न सक्नेछन्।

ऋणपत्र निष्काशन अवधि छिटोमा साउन १ गतेसम्म तोकिएको छ। तर उक्त अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा साउन १२ गतेसम्म लम्बिन सक्ने बैंकले जनाएको छ । यो ऋणपत्र १० वर्षे अवधिको हो र यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज प्राप्त गर्नेछन्।

everest bank
यो समाचार शेयर गर्नुहोस्
535SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?