National life

नेपाल बैंकर्स संघका प्रतिनिधिहरू र अर्थमन्त्री स्वर्णिम वाग्ले बीच भेटवार्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२७ चैत २०८२, शुक्रबार
985Shares
नेपाल बैंकर्स संघका प्रतिनिधिहरू र अर्थमन्त्री स्वर्णिम वाग्ले बीच भेटवार्ता
ncell

काठमाडौं। नेपाल बैंकर्स संघका प्रतिनिधिहरू र अर्थमन्त्री स्वर्णिम वाग्ले बीच भेटवार्ता सम्पन्न भएको छ। भेटका क्रममा अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रमा नीतिगत कारणले उत्पन्न भइरहेका चुनौतीहरूबारे स्पष्ट र व्यवहारिक सुझाव प्रस्तुत गर्न बैंकरहरूलाई आग्रह गरे ।

त्यस अवसरमा संघका प्रतिनिधिहरूले हाल देखिएका विभिन्न जटिल समस्याहरूबारे मन्त्रीको ध्यानाकर्षण गराउँदै सुधारका केही महत्वपूर्ण प्रस्ताव अघि सारे । उनीहरूले खराब कर्जा व्यवस्थापनको पुनरावलोकन, गैर–बैंकिङ सम्पत्ति व्यवस्थापनमा स्थानीय तहबाट सिफारिस लिन सहज बनाउने व्यवस्था, साथै उठ्न बाँकी आम्दानीमा कर तिर्ने प्रक्रियालाई सरल बनाउने माग गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकहरूले यी तीन व्यवस्थाका कारण वित्तीय व्यवस्थापनमा दबाब परेको उल्लेख गर्दै नीतिगत सुधार अपरिहार्य भएको धारणा व्यक्त गरे। जवाफमा अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रका व्यावहारिक समस्याहरू समाधान गर्न सरकार सकारात्मक रहेको बताए।

उनले आगामी प्रि–बजेट छलफलका क्रममा बैंकहरूसँग पुनः संवाद गरी थप सुझाव संकलन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । साथै, उनले आवश्यक नीतिगत सहजीकरणका लागि आफू तत्पर रहेको जानकारी दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
985SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?