National life

नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठ पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० मंसिर २०८१, आइतबार
489Shares
नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठ पक्राउ
ncell

काठमाडौं । नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठ पक्राउ परेका छन् । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले फैसला कार्यान्वयनका लागि पक्राउ गरेको हो । श्रेष्ठ काठमाण्डौको स्वयम्भूबाट पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि १३ वर्षदेखि फरार रहेका उनले तत्कालीन समयमा कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी ३९ करोड ८९ लाख रुपैयाँ हानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्कर्ष छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पक्राउ परेका उपप्रबन्धक श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि भोलि अदालतमा पेश गरिने प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । दुई वटा छुट्टाछुट्टै मुद्दामा श्रेष्ठविरुद्ध ६–६ महिना कैद सजाय तोकिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
489SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?