National life

नेपाल राष्ट्र बैंकले गर्यो उपभोक्ता मूल्य सूचकाङ्कको आधार वर्ष परिवर्तन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० असोज २०८१, बिहिबार
500Shares
नेपाल राष्ट्र बैंकले गर्यो उपभोक्ता मूल्य सूचकाङ्कको आधार वर्ष परिवर्तन
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकाङ्कको आधार वर्ष परिवर्तन गरेको छ । यसअघि मुद्रास्फीति गणनामा केन्द्रीय बैंकले आर्थिक वर्ष २०७१–७२ लाई आधार वर्ष मान्ने गरेकोमा करीव एक दशकपछि त्यसलाई अध्यावधिक गर्दै आर्थिक वर्ष २०८०–८१ बनाएको हो । राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकाङ्क प्रकाशन गर्न थालेदेखि यो छैटौँ आधार वर्ष परिवर्तन हो ।

नयाँ आधार वर्षमा आधारित सूचकाङ्कले उपभोगको प्रवृत्तिलाई बृहत् रूपमा समेट्नुका साथै अन्तर्राष्ट्रिय अद्यावधिक अभ्यासहरुलाई अनुशरण गरेको केन्द्रीय बैंकले जानकारी दिएको छ । नयाँ उपभोक्ता मूल्य सूचकाङ्कमा विभिन्न ६ वटा मुख्य परिवर्तन गरिएको केन्द्रिय बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अद्यावधिक गरिएको उपभोक्ता मूल्य सूचकाङ्कको डालोमा यसअघि ४९६ वस्तु तथा सेवा रहेको अब भने ५२५ वस्तु तथा सेवाहरु समावेश गरिएको छ । यस्तै साविकको डालोमा ५० जिल्लाका ६० वटा बजार केन्द्र रहेकोमा हाल देशका सबै ७७ जिल्लाका ८७ वटा बजार केन्द्रबाट मूल्य सङ्कलन गरिएको छ । साथै, ग्रामीण र नयाँ सहरी क्षेत्रलाई समेत समावेश गरिएको छ । देशको सातै प्रदेशको प्रादेशिक उपभोक्ता मूल्य सूचकाङ्क गणना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
500SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?