National life

नेशनल लाइफको साधारणसभा सम्पन्न, पाँच जना सञ्चालक निर्विरोध निर्वाचित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ असार २०८२, बिहिबार
457Shares
नेशनल लाइफको साधारणसभा सम्पन्न, पाँच जना सञ्चालक निर्विरोध निर्वाचित
ncell

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३७औं वार्षिक साधारणसभा हालै सम्पन्न भएको छ। सभामा कम्पनीकी अध्यक्ष प्रेमा सिंहले आर्थिक वर्ष २०८०/८१ को समीक्षा प्रस्तुत गर्दै सो अवधिमा अर्थतन्त्र चुनौतीपूर्ण रहेको उल्लेख गरिन्।

कोभिड महामारीको दीर्घकालीन प्रभाव, भू–राजनीतिक तनाव, असहज मौसमी परिस्थितिहरू र आपूर्तिमा देखिएको अवरोधका कारण खाद्यान्न, ऊर्जा तथा अन्य उपभोग्य वस्तुहरूको मूल्य वृद्धि भएको जनाइएको छ। साथै, सहकारी क्षेत्रमा देखिएको समस्या, घरजग्गा कारोबारमा आएको मन्दी, र वस्तु तथा सेवाको मागमा आएको गिरावटले समग्र अर्थतन्त्रमा प्रभाव परेको बताइयो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यद्यपि, केही सकारात्मक वाह्य सूचकहरूका आधारमा भविष्यमा आन्तरिक आर्थिक अवस्थाको सुधार हुने अपेक्षा गरिएको छ।

उक्त वर्ष कम्पनीको बीमा व्यवसायमा २०४९.१२ करोड रुपैयाँ बराबरको कूल बीमा शुल्क आर्जन भएको छ । त्यो अघिल्लो वर्षको तुलनामा २१.९० प्रतिशतले बढी हो। कुल बीमा करार दायित्व पनि २१.७० प्रतिशतले बढेर वर्षान्तमा रु. ७९६०.१८ करोड पुगेको छ। बीमा दाबी तथा अन्य भुक्तानीतर्फ कुल ८३२.८२ करोड रुपैयाँ भुक्तानी गरिएको जानकारी दिइएको छ।

कम्पनीको लगानी १७.३५ प्रतिशतले बढेर ७०१५.४६ करोड रुपैयाँ पुगेको छ। दीर्घकालीन निक्षेपमा बढी ध्यान केन्द्रित गर्दै लगानीको स्थायित्व कायम राख्न प्रयास भएको बताइएको छ।

nic asia capital
सो अवधिमा कम्पनीको औसत वार्षिक लगानी प्रतिफल दर ९.१७ प्रतिशत रहेको छ।

लगानीसम्बन्धी नीति नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार पारदर्शी ढंगले तय गरिएको र बीमितहरूको हितमा केन्द्रित रहन खोजिएको छ। कम्पनीले आफ्नै स्वामित्वमा रहेका शाखा कार्यालयहरूमा व्यापारिक भवन निर्माण गर्ने उद्देश्यले स्थिर सम्पत्तिमा थप लगानी गर्ने नीति लिएको छ। यसै सन्दर्भमा नेपालगन्जस्थित भवन निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको र ईटहरी शाखाको भवन निर्माण प्रक्रिया अगाडि बढाइएको छ।

साधारणसभामा कम्पनीले आफ्नो नाफाको एक प्रतिशत सामाजिक उत्तरदायित्वका लागि छुट्याएको जानकारी दिइएको थियो । स्वास्थ्य र शिक्षा क्षेत्रमा योगदान दिने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले एक बाल स्वास्थ्य परियोजनाका लागि रु २५ लाख सहयोग गरेको छ।

सभाले आर्थिक वर्ष २०८०८१ को मुनाफाबाट १० प्रतिशत नगद लाभांश (रु ५२.१२ करोड), ५ प्रतिशत बोनस शेयर (रु. २६.०६ करोड) र सो लाभांशमा लाग्ने कर बापत ४.११ करोड रुपैयाँ वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बोनस शेयरपछि कम्पनीको चुक्ता पूँजी बढेर ५.४७ अर्ब रुपैयाँ पुगेको छ । जुन बीमा प्राधिकरणको न्यूनतम पूँजी सम्बन्धी व्यवस्थालाई पूरा गर्ने उद्देश्यअनुसार गरिएको हो।

३३औं साधारणसभाबाट निर्वाचित सञ्चालकहरूको कार्यकाल समाप्त भएसँगै ३७औं साधारणसभाबाट संस्थापक समूह तर्फबाट प्रेमा राज्यलक्ष्मी सिंह, पवनबहादुर पाँडे (अ.प्रा), र कुशल मल्ली तथा सर्वसाधारण समूहबाट कुलदीप शरण सिंह र भवानी राणा सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन्।

सभामा अध्यक्षले कम्पनीले आगामी दिनमा बीमा आवश्यकताको सम्बोधनमा निरन्तर काम गर्दै जाने बताइन् ।

यो समाचार शेयर गर्नुहोस्
457SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?