National life
cg eloctronics

पाकिस्तानसँगको तनावबीच इन्डियन आयल कर्पोरेसनले भन्यो : आत्तिनुपर्दैन, इन्धन उपलब्ध छ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ वैशाख २०८२, शुक्रबार
417Shares
पाकिस्तानसँगको तनावबीच इन्डियन आयल कर्पोरेसनले भन्यो : आत्तिनुपर्दैन, इन्धन उपलब्ध छ
ncell

नयाँ दिल्ली । इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसीएल) ले देशभर पर्याप्त इन्धन भण्डार रहेको र मानिसहरू आत्तिनु पर्ने कुनै आवश्यकता नभएको बताएको छ।

‘इन्डियन आयलसँग देशभरि पर्याप्त इन्धनको भण्डार छ र हाम्रो आपूर्ति लाइनहरू कुनै पनि समस्या बिना राम्रोसँग चलिरहेका छन्,’ इन्डियन आयलले सामाजिक सञ्जाल एक्समा शुक्रबार पोस्ट गरेको हो ।

उक्त पोस्टमा मानिसहरूलाई अपील गरिएको छ, ‘आत्तिनु पर्दैन । इन्धन र एलपीजी हाम्रा सबै आउटलेटहरूमा सजिलै उपलब्ध छन्।’ मानिसहरूलाई शान्त रहन र अनावश्यक भीडभाडबाट बच्न सल्लाह दिइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समाचार एजेन्सी पीटीआईका अनुसार इन्डियन आयलको यो बयान सामाजिक सञ्जालमा पेट्रोल पम्पहरूमा इन्धन किन्न मानिसहरूको भीड देखिएको पोस्ट र भिडियोहरू सार्वजनिक भएपछि आएको हो।

There is no need for panic buying—fuel and LPG is readily available at all our outlets.

Help us serve you better by staying calm and avoiding unnecessary rush. This will keep our…

— Indian Oil Corp Ltd (@IndianOilcl) May 9, 2025

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
417SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?