National life

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा गिरावट: एक लिटरको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ वैशाख २०८२, मङ्गलबार
415Shares
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा गिरावट: एक लिटरको कति ?
ncell

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।

निगमले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य ३.१५ र डिजेलमा २.६२ रुपैयाँले घटाउने निर्णय गरेको हो।

Royal Enfield
nic asia capital
भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले मंगलबार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो । साविकको मूल्यमा प्रति लिटर पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँले घटाइएको हो ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १५७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १४३ रूपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १५९ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १४५ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६० रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १४६ रूपैयाँ पर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
415SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?