काठमाडौँ। आज सोमबारका दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा भइरहेको जनाएको छ । अघिल्लो दिन तोलामा तीन सयले बढेको सुनको मूल्य तोलाको १ लाख ८८ हजार ८ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
अघिल्लो दिनको तुलनामा चाँदी ५ रुपैयाँले महँगो हुँदै प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ ।































