National life

प्रधानमन्त्रीले गरे अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेट्ने योजनाको औपचारिक घोषणा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ साउन २०८०, बुधबार
536Shares
प्रधानमन्त्रीले गरे अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेट्ने योजनाको औपचारिक घोषणा
ncell

काठमाडौँ । सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा समेट्न सुरु गरेको छ । प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा उक्त कार्यक्रम आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ल्यापटपमा स्वीच थिचेर औपचारिक घोषणा गरेका हुन् ।

अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो ।

वैशाख १ गतेदेखि नै कोषमा समेट्ने भनिए पनि तयारी नपुगेका आज औपचारिक घोषणा गरिएको सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले बताए ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
536SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?