National life

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका आर्यन खान एमडीआरटी २०२६ का लागि छानिए

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ असार २०८२, सोमबार
383Shares
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका आर्यन खान एमडीआरटी २०२६ का लागि छानिए
ncell

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चीफ एजेन्सी म्यानेजर तथा प्रेसिडेन्स क्लब सदस्य आर्यन खान मिलियन डलर राउन्ड टेबल २०२६ का लागि छानिएका छन् । उनले पाँचौं पटक लगातार एमडीआरटीको मापदण्ड पूरा गरेका हुन् । उनी महालक्ष्मी लाइफबाट एमडीआरटीका लागि छनोट हुने पहिलो व्यक्ति भएका छन्।

खानले २०२५ मा एमडीआरटीको माथिल्लो तह कोर्ट अफ द टेबल समेत पूरा गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
एमडीआरटी विश्वभरका जीवन बीमा र वित्तीय सेवा क्षेत्रमा संलग्न पेशाकर्मीहरूको संगठन हो जसले आफ्ना सदस्यहरूको व्यावसायिकता र सेवाप्रतिको योगदानलाई मान्यता दिने गर्दछ ।

आफ्नो उपलब्धिबारे प्रतिक्रिया दिँदै खानले ग्राहक, टिम र आपसी विश्वासको परिणामस्वरूप उक्त सफलता सम्भव भएको बताए । उनले बीमा मात्र नभई भविष्य सुरक्षाका लागि काम भइरहेको उल्लेख गरे ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले खानलाई आगामी दिनमा पनि सहयोग र हौसला प्रदान गर्ने जनाएको छ। कोर्ट अफ द टेबलको स्तर पूरा गरेका खान अब टप अफ द टेबल प्राप्त गर्ने लक्ष्यमा रहेको बताउँछन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
383SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?