काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा शमशेर पराजुली नियुक्त भएका छन् ।
कम्पनीको असार ६ गते बसेको सञ्चालक समितिको बैठकले पराजुलीलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । उनी सर्वसाधारण शेयर धनीका तर्फबाट रिक्त रहेको सञ्चालक पदमा नियुक्त भएका हुन् ।
यसअघि सर्वसाधारण सेयरधनी लिबर्टी होल्डिङग्सका तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका शंकर गौतमलाई फिर्ता बोलाइएपछि सञ्चालक पद रिक्त रहेको थियो ।






































