National life

 दुर्गा प्रसाईँका कार्यकर्ताद्वारा दुई बैंकको शाखा कार्यालयमा तोडफोड 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ वैशाख २०८१, बिहिबार
532Shares
 दुर्गा प्रसाईँका कार्यकर्ताद्वारा दुई बैंकको शाखा कार्यालयमा तोडफोड 
ncell

काठमाडौँ । बिर्तामोडमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँका कार्यकर्ताले दुई बैंकको शाखामा तोडफोड गरेका छन्।

प्रसाईँको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’अन्तर्गत बिर्तामोडमा भएको र्‍यालीमा केही युवाको समूहले बिर्तामोडको रहेका दुई बैंकमा तोडफोड गरेका हुन् ।

बिर्तामोड स्थित एभरेष्ट बैंक र ज्योति विकास बैंकको शाखा कार्यालयमा प्रसाईँका समर्थकले तोडफोड गरेको हुन् । जसमध्ये ४ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–५ का अन्जेश राई, बिर्तामोड नगरपालिका–३ का मनकुमार तामाङ, बुद्वशान्ती गाउँपालिका–४ का दीपेश राई र पवन दुलाल छन् । बाँकीको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बिर्तामोड–५ को सिटी सेन्टर अगाडिबाट सुरु भएको र्‍याली मुक्ति चोकतर्फ जाँदै गर्दा सोही समूहका १२- १५ जनाले ज्योति विकास बैंक र एभरेष्ट बैंकको शाखा कार्यालय तोडफोड गरेका हुन् । तोडफोडबाट बैंकको सिसाहरू फुटेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
532SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?