National life

प्राउन किन्दा होसियार ,नक्कली प्राउन बजारमा छापछाप्ती

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ साउन २०८०, बिहिबार
609Shares
प्राउन किन्दा होसियार ,नक्कली प्राउन बजारमा छापछाप्ती
ncell

काठमाडौं। पछिल्लो केही समय यता बजारमा गैर कानुनी रूपमा कम्पनीकै लोगो, लेबलसँग मिल्दो जुल्दो लेभल राखी नक्कली उत्पादन बिक्री वितरण भइरहेको पाइएको छ । पूर्णिमा फुड इन्डस्ट्रीले ‘बेनीको प्राउन’ नामक नक्कली ‘प्राउन’ उत्पादन र बिक्री गर्दै आएको तथ्य फेला परेको हो ।

हेटौडामा रहेको पूर्णिमा फुड इन्डस्ट्री प्रालिले उद्योग विभागमा दर्ता नगरी ‘नेस्को प्राउन’ नाम राखी स्पार्टेन एण्ड लोगो नामक ट्रेडमार्कको लेभल उस्तै बनाई बिक्री वितरण गरिरहेको पाइएको छ ।

पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन २०२२ को दफा १६(२) र दाफा १८(१) को प्रतिबन्धात्मक वाक्यांश विपरित विभागमा ट्रेडमार्क दर्ता नगराई ट्रेडमार्कको लेबलको नक्कल गरी ट्रेडमार्कको ख्यातिमा असर पार्ने काम गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उपभोक्ता समेत झुक्किने गरी नेपाल पास्ता फुड प्रालिको लेभलसँग मिल्दो जुल्दो लेभल राखी ‘बेनीको प्राउन’ नामक ‘प्राउन उत्पादन र बिक्री गरेको पाइएको छ ।

यस्ता क्रियाकलापले प्रतिष्ठित संस्थाको ख्यातिमा आँच आउने र कम्पनी नै समस्यामा पर्ने नेपाल पास्ता फुड प्रालिले जनाएको छ । गैर कानुनी रूपमा यस कम्पनीले उद्योग विभागमा दर्ता रहेको नेपाल पास्ता फुड प्रालिको मिल्दो जुल्दो ओरिजिनल जम्बो प्याक ‘प्राउन’को उस्तै चित्र बनाई कलर कम्बिनेसन र डिजाइन हुबहु नक्कल गरी बिक्री वितरण गर्दा कम्पनीको ख्यातिमा प्रभाव पर्ने साथै उपभोक्ताले नक्कली वस्तुको प्रयोग गर्दा स्वास्थ्यमा समेत समस्या देखिने गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
609SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?