काठमाडौं । अमेरिकी डलरको बजार भाउ बढेको छ । नेपाल राष्ट्र बैंककाले वैशाख १७ गतेका लागि १ अमेरिकी डलरको भाउ बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा कायम गरेको हो । यस्तै, खरिददर १३६ रुपैयाँ १३ पैसा कायम भएको छ । यसअघि वैशाख १६ गते मंगलबार १ अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ३६ पैसा र खरिददर १३५ रुपैयाँ ७६ पैसा कायम भएको थियो ।
राष्ट्र बैंकका अनुसार १ युरोको बिक्रीदर १५५ रुपैयाँ ६३ पैसा रहेको छ भने खरिददर १५४ रुपैयाँ ९४ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८३ रुपैयाँ ०५ पैसा खरिददर १८२ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ५९ पैसा र खरिददर ९ रुपैयाँ ५५ पैसा छ ।
अष्ट्रेलियन १ डलर को खरिददर ८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५१ पैसा तोकिएको छ । क्यानेडियन १ डलर को खरिददर भने ९८ रुपैयाँ ३० पैसा र बिक्रीमा ९८ रुपैयाँ ७३ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

































