National life

बबरमहलमा अकस्मात बाढी, सरकारी कार्यालयहरू जलमग्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० माघ २०८१, बुधबार
569Shares
बबरमहलमा अकस्मात बाढी, सरकारी कार्यालयहरू जलमग्न
ncell

काठमाडौं । बबरमहल क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि सडक भासिएको छ । पानीका कारण बाढीकै अवस्था बनेपछि उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ ।

पाइप फुटेर निस्किएको पानीका कारण जिल्ला अदालत काठमाडौं अगाडिको सडक तथा वन परिसरभित्र रहेका सरकारी कार्यालयहरू जलमग्न भएका छन् ।

मेलम्ची खानेपानी परियोजना कार्यान्वयन इकाई विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा ड्रिलिङ गर्दा मेलम्चीको पाइप क्षतिग्रस्त भएको दाबी गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बबरमहलस्थित विशेष अदालत र काठमाडौं जिल्ला अदालतको दोस्रो भवन जलमग्न भएको छ। पानी पसेपछि मुद्दा सुनुवाइ ठप्प भएको छ भने सेवाग्राही, कानून व्यवसायी र कर्मचारीहरू समस्यामा परेका छन्।

पानी बगेर अदालत परिसरमा बाढी जस्तै अवस्था सिर्जना भएको छ। भुइँतला डुबानमा परेको छ भने बिजुली समेत अवरुद्ध छ।

न्यायाधीश, कर्मचारी तथा सेवाग्राही बाहिर निस्कन नसक्ने अवस्था नभएपछि सुरक्षाकर्मीहरूले उद्धार कार्य अघि बढाएका छन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
569SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?