National life

बीमकलाई प्रथम नवीकरण, म्यादी जीवन बीमाशुल्कलाई अनिवार्य गर्न निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० असार २०८२, सोमबार
460Shares
बीमकलाई प्रथम नवीकरण, म्यादी जीवन बीमाशुल्कलाई अनिवार्य गर्न निर्देशन
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनी र लघुजीवन बीमा कम्पनीहरूलाई आगामी आर्थिक वर्षका लागि आ–आफ्ना मातहतका कर्मचारी, विभाग, प्रादेशिक कार्यालय र शाखा तथा उपशाखा कार्यालयहरूलाई व्यवसायिक लक्ष्य (आवधिक रूपमा तय गर्ने मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक लक्ष्य) निर्धारण गर्दा प्रथम बीमाशुल्कका अतिरिक्त नवीकरण बीमाशुल्क तथा म्यादी जीवन बीमाशुल्कलाई समेत अनिवार्य समावेश गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले सबै जीवन बीमा कम्पनी र लघुजीवन बीमा कम्पनीहरूलाई जारी गरेको परिपत्रमा ‘आगामी आर्थिक वर्षका लागि आफ्ना मातहतका कर्मचारी, उपशाखा/शाखा/प्रादेशिक कार्यालय र विभागहरूलाई व्यवसायिक लक्ष्य निर्धारण गर्दा प्रथम बीमाशुल्कका अतिरिक्त नवीकरण बीमाशुल्क तथा म्यादी जीवन बीमाशुल्कलाई समेत अनिवार्य समावेश गर्ने गरी निर्धारण गर्न’ निर्देशन दिएको उल्लेख छ ।

बीमकहरूले मातहतका कर्मचारी र विभाग तथा कार्यालयहरूलाई व्यवसायिक लक्ष्य निर्धारण गर्दा सावधिक र एकल बीमाशुल्क भुक्तानी हुने बीमालेखहरूलाई मात्र प्राथमिकता दिने गरेका गुनासाहरू आउने गरेको, बीमकहरू ठूलो रकमको बीमाशुल्क सङ्कलनमा केन्द्रित हुँदा बीमाको पहुँच न्यून आय भएका बर्गसम्म पुग्न नसकेको, बीमा अवधि नपुग्दै बीमालेख व्यतित तथा समर्पण हुने लगायतका समस्या देखापरेको र त्यसबाट गुणस्तरीय एवम् भरपर्दो बीमा सेवा प्रवाहमा चुनौति थपिएको सन्दर्भमा प्राधिकरणले त्यस्तो निर्देशन दिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
460SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?