काठमाडौँ । नेपाल बीमा प्राधिकरणका सञ्चालकबाट राधा पोखरेल बाहिरिएकी छिन् । पोखरेलले गत साता नै राजीनामा दिएर बाहिरिएकी हुन । ।
यता, प्राधिकरणले समेत उनको राजीनामा स्वीकृत गरिसकेको छ ।
आफ्ना स्वास्थ्यमा समस्याको कारण बोर्डको बैठकमा समेत सहभागी हुन् नसकेको कारण पद मात्रै ओगटेर बस्नु राम्रो नभएको भन्दै राजीनामा दिएको उनको भनाई छ ।
राजनितीक पहुँचको आडमा बीमा नियमावली विपरीत बीमा प्राधिकरणमा नियुक्ति दिएको आरोप लागेको थियो कतै शक्तिकै दबाबमा बाहिरिनुभएको त होइन ? भन्ने आर्थिक भ्वाइसको प्रश्नमा पोखरेलले भनिन् ''यो सबै झुटो हो खासमा म आमा बन्दै छु यसका लागि मलाई पर्याप्त आराम चाहिने भएको कारण किन पद मात्रै ओगटेर बस्ने भनेर बाहिरिएकी हु।"
पोखरेल गत चैत १ गते चार वर्षका लागि महिला सञ्चालकमा नियुक्त भएकी थिइन् । सरकारले नियुक्त गरेको पाँच महिनापछि प्राधिकरणबाट बाहिरिएकी हुन् ।


































